शनिबार, बैशाख ८, २०८१

शव परीक्षण रिपोर्ट : १७ वर्षीय किशोरी भागरथीको बलात्कारपछि हत्या भएको पुष्टि

अनुसन्धानमा खटिएका प्रहरी अधिकारीहरुले भन्यो अपराधीलाई जुनसुकै हालतमा पत्ता लगाउँछौं

काठमाडौं माघ २७,
निर्मला पन्तको हत्या र त्यसमा न्याय नपाएको अवस्थाले सिर्जना गरेको आम जनताको आक्रोश सेलाउन नपाउँदै बैतडीमा अर्की विद्यालयबाट घर फर्किंदै गरेकी १७ वर्षीय किशोरी भागरथी भट्टको बलात्कार पछि पाशविक हत्या भएको छ । मृतावस्थामा भेटिएकी बैतडी जंगलमा १७ वर्षीया किशोरी भागरथीकोे शव परीक्षण रिपोर्टमा जिल्ला अस्पताल बैतडीले उनको बलात्कारपछि हत्या गरिएको रिपोर्ट जिल्ला प्रहरी कार्यालय बैतडीलाई बुझाएको छ ।

हुन यसअघिनै प्रहरीले र स्थानीय समेत शवको अवस्था र घटनास्थलको अवस्थालाइ विश्लेषण् गर्दै भागरथीको बलात्कारपछि हत्या भएको प्रारम्भिक आशंका गरिएको थियो । माघ २१ गते विद्यालय गएकी भागरथी साँझसम्म पनि घर नफर्केपछि खोजतलास गर्दै जाँदा माघ २२ गते घर नजिकैको जङ्गलमा विभत्स अवस्थामा फेला परेकी थिइन् ।

त्यस्तै शव परीक्षणको रिपोर्ट प्राप्त भएसंगै प्रहरीले अपराधी पत्ता लगाउने कामलाई तीव्र दिदै आवश्यक थप अनुसन्धान प्रक्रिया शुरु गरेको र उनको आफन्त र शंकास्पद व्यक्तिमाथि निगरानी बढाएर सूक्ष्म अध्ययन थालेको बताईएकोछ ।

यस्तै बलात्कारपछि हत्या भएको र हत्यारा पत्ता नलाग्दासम्म शव नबुझ्ने भागरथीका आफन्त यसअघिको अडानलाइ कायम नै राखेका कारण अनुसन्धानमा खटिएका अधिकारीहरुले अपराधीलाई जुनसुकै हालतमा पत्ता लगाउने बताएको प्राप्त समाचारमा उल्ल्ेख गरिएको छ । पछिल्लो समय सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक उत्तमराज सुवेदी नेतृत्वको टोली घटनास्थलमा पुगेर प्रस्तुत प्रकरणको अनुसन्धान गरिरहेको छ ।