बुधबार, बैशाख १२, २०८१

आगामी बुधबारदेखि वर्षा र हिमपातसंगै फेरि मौसमा उतारचढाव हुँने

काठमाडौ माघ २६,

मौसम पूर्वानुमान महाशाखाले नेपालमा पश्चिमी वायुकाको प्रवेश संगै आगामी बुधबारदेखि फेरि वर्षा र हिमपातको सम्भावना रहेको जनाएकोछ । यसअघि यहि वायुका कारण गत बिहीबारदेखि शनिबारसम्म मौसम बद्ली हुनका साथै शनिबार वर्षा समेत भएको थियो ।

त्यस्तै महाशाखाले पश्चिमी वायुको प्रभावले पश्चिमी पहाडी भू–भाग तथा अन्य पहाडी भेगमासमेत बदली र हल्का वर्षाको सम्भावनासंगै रहेको छ । ३ दिनसम्म बदली र केहि स्थानमा वर्षा हुने क्रमले अवका दिनमा अर्थात फेब्रुअरी महिनाभर निरन्तरता लिने जनाएको छ ।

साथै यसवीचमा राजधानी काठमाडौँसहित देशभर दिउँसोपख घाम लागे पनि चिसो अझै रहने भएकाले सतर्कता अपनाउन आग्रह गर्दै महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै चिसो अझै रहने तथा तराईका भू–भागमा हुस्सु र कुहिरोको अझै सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ ।