शुक्रबार, बैशाख ७, २०८१

सामाजीक युवा क्लवलाइ समुन्त एवम नमुना क्लव बनाउनुपर्नेमा जोड

नेपाली खेलकुद क्षेत्रमा विद्यमान यो वा त्यो नामको समस्याको समुल अन्त्यका लागि आजबाटै सामहिक प्रतिवद्धता जनाउन आवश्यक :  क्लवअध्यक्ष सुवेदी

काठमाडौं माघ २५ ,
शनिवार काठमाडौं महानगर वडा न ३२ स्थित सामाजीक युवा क्लवको १७ औं वार्षिकउत्सव एक विशेष कार्यक्रमकावीच मनाईएको छ। विगत एकदशक भन्दा लामो समययता देखि मलुकको खेलकुद जगतसंगै विभिन्न रचनात्मक क्रियाकलापको क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्दै अविराम क्रियाशील क्ल्वका अध्यक्ष शुशील सुवेदीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रम बाग्मती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा समपन्न भएको थियो ।

कार्यक्रमको उद्घाटनसत्रलाइ सम्बोधन गर्दै प्रमुख अतिथी श्रेष्ठले पछिल्लो समय क्लवको तर्फबाट भए गरेका कामकारवाहीको तारिफ गर्दै प्रदेश सरकार र स्थानीय सरकारको तर्फबाट क्लवका लागि हुन सक्ने हरसंभव सहयोगका लागि आफुले पहलकद्मी लिदै सामाजीक युवा क्लवलाइ वडा न ३२ को समुन्त एवम नमुना क्लवको प्रारुपमा विकास गर्न सहयोग गर्ने बताउनु भएकोछ ।

त्यस अवसरमा उहाँले क्लवका पूर्व अध्यक्षहरु क्रमस राजकुमार कार्की, इन्द्र वहादुर कार्की ,परशुराम रावत, मिनु सवेदी लगायत विभिन्न कोणबाट सहयोग गर्ने कस्मिक इन्टरनेशनलन एकेडेमी, सिसिआरसी कलेज, दिपनगर टोल सुधार समिति, एबीसी नेपाल, सूर्यकोट सहकारी संस्था, नेपाल यातायात,प्रालि,गणेश मेटल वर्कशप, विनायक काष्ठ उद्योग, लाली गुराँस .इ. स्कूल लगायत २ दर्जन विभिन्न् संघ संस्थालाइ क्लवको तर्फबाट प्रशसा पत्र प्रदान गर्नु भएको थियो ।

त्यस्तै कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख सरिता दाहाल, ३२ न वडाध्यक्ष नवराज पराजुली,सूर्यकोट समाज सुधार समितिका कावा अध्यक्ष मनोज शाह लगायतले मौजुदाक्लवको पूरो भवनको पुर्न निर्माण गर्दै क्लवलाइ आर्थिक पक्षबाट सवल र सफल बनाउन सवै क्षेत्रको सहयोग अपरिहार्य रहेको बताउँदै अनेकन अभावकावीच पनि क्लवको तर्फबाट पछिल्लो समय हुँदै आएको कामकारवाही प्रशसनीय रहेको बताउनभयो ।

त्यस्तै क्लव अध्यक्ष सुवेदीले नेपालको खेलजगत अनेकन प्रभावको शिकन्जामा जड्किएका कारण आशातित रुपमा खेलजतले फड्को मार्न नसकेको तितो यर्थाथ पोख्दै जवसम्म खेलमा खेलाडीको निष्पक्ष मुल्याङ्कन गर्ने परिपाटीको विकास गर्न सकिदैन तवसम्म नेपाली खेलकुद क्षेत्रमा यो वा त्यो नामको समस्या विद्यमान रहने भएका कारण यसको समुल अन्त्यका लागि आजबाटै सामहिक प्रतिवद्धता जनाउन आवश्यक रहेको बताउनुभयो ।

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2021
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031