बुधबार, बैशाख १२, २०८१

आमहड्ताल :बिहानै देखि चोक–चोकमा प्रदर्शन , सार्वजनिक यातायात अवरुद्ध गर्न खोज्ने १ सय ५७ जना पक्राउ

काठमाडौं माघ २२,
नेकपा प्रचण्ड – नेपाल समूहले संवैधानिक निकायका प्रमुख तथा सदस्यको शपथ खुवाएसँगै यसको विरोध गर्दै नेकपा केपी ओली नेतृत्वको सरकारको प्रतिगमन कदम सहित बढ्दो चरम अराजकता विरुद्ध आज आव्हान गरेको देशव्यापी आमहड्तालले जनजीवन प्रभावित भएको छ । उपत्यकामा छिटफुट रुपमा मोटरसाइकल र निजी सवारी साधनवाहेक   सार्वजनीक सवारी प्राय ठप्प रहेका थियो ।    त्यस्तै खाद्यान्न लगायतका बजार आंशिक खुले पनि बन्द आह्वानकर्ताहरुले बिहानै देखि चोक–चोकमा प्रदर्शन सहित बन्द गराउदै हिडेका थिए । शहरका भित्री क्षेत्रमा आमहड्तालको खासै प्रभाव नपरे पनि मुल सडक र चोकमा प्रहरीकोवाबलो उपस्थितीका वाजुद पनि प्रदर्शनकारीको नाराजुलुस चलेको थियो ।

यसवीचमा उपत्यकामा स१चालनमा रहेको सार्वजनिक यातायातलाइ अवरुद्ध गर्न खोजेको भन्दै १ सय ५७ जना जनालार्ई पक्राउ गरीएको प्रहरीले जनाएको छ ।  त्यस्तै प्रहरीले मोफसलमा हेटौंडा, नारायणगढ लगायतका क्षेत्रमा सञ्चालित सवारी साधन तथा ट्रकमा ढुङ्गा प्रहार भएको र बिहान काठमाडौंको सामाखुशीमा ट्याक्सीमा आगजनी भएको जनाउदै यसवीचमा देशका विभिन्न ठाउँमा १ सरकारी गाडी सहित १४ वटा गाडीमा ढुङगा प्रहारबाट क्षति भएको जानकारी दिएको छ ।

त्यस्तै प्रहरीले आम हड्तालको क्रममा पूर्वपश्चिम राजमार्गमा सार्वजनिक यातायातका सवारी साधनहरु नचले पनि नीजि सवारी साधनहरु चलेका थिए । शहरी क्षेत्रका केही विद्यालय तथा शैक्षिक संस्थाहरु बन्द रहे पनि अधिकांश खुला नै रहेको जनाउ सहित आमहड्ताल भनिए पनि यसको खास प्रभाव यातायात बाहेक अन्य क्षेत्रमा नदेखिएको जनाएको छ ।