बिहिबार, बैशाख १३, २०८१

सरकारको तर्फबाट बढ्दो चरम अराजकता विरुद्ध आम हड्ताल : नेता श्रेष्ठ

काठमाडौं माघ २२,
नेकपा प्रचण्ड–नेपाल समूहले सरकारले बुधबार संसदीय सुनुवाइबिनै संवैधानिक निकायका प्रमुख तथा सदस्यको शपथ खुवाएसँगै यसको विरोध गर्दै नेकपा केपी ओली नेतृत्वको सरकारको प्रतिगमन कदम सहित बढ्दो चरम अराजकता विरुद्ध आज आव्हान गरेको देशव्यापी आमहड्तालको कारण जनजीवन प्रभावित बनेको छ।

आमहड्तालको क्रममा राजधानीको जमलमा भेटिएका प्रचण्ड नेपाल समूहका प्रवक्ता समेत रहेका नेता नारायणकाजी श्रेष्ठले सञ्चारकर्मीलाइ प्रतिक्रिया व्यक्त गर्दै आम हड्ताल बाध्यात्मक भएको बताएका छन् ।

त्यस्तै नेता श्रेष्ठले भने केपी ओली नेतृत्वको सरकारले सत्ता र शक्तिको उन्मादमा संविधानलाई कागजको खोस्टो बनाउने, लोकतन्त्र सिध्याउने र नागरिक अधिकार कुन्ठित बनाउने जस्ता अराजकतालाइ दिनानुदिन बढावा दिएका कारण आम हड्तालको आव्हान गर्नु परेको भन्दै जनतालाई शान्तिपुर्ण रुपमा समर्थन जनाउन आफुहरुले आग्रह गरेको र बल प्रयोगको नीति नभएको पनि बताउनुभयो ।