शुक्रबार, चैत्र १६, २०८०

जिरो फक्स नेपालको के पायौ हामिले ? बजारमा

काठमाडौं माघ २१ , 

सामाखुसी गोङ्गबु खरीबोटका युवा समूह जिरो फक्स नेपाल  [ZEN] ले हालै के पायौ हामिले नामक गित बजारमा ल्याएका छन।
युवा सङ्गितकार एवम गायक गुन्जन गुरुङ एवम रबिन्द्र सिङ्ह ठकुरीको स्वर एवम संगीत रहेको यस म्युजिक भिडिओमा सन्तुम राई आकास सिंह राजेश अधिकारी समेतको सहयोग रहेको छ ।युटुवमा सार्वजनिक गरे लगत्तै श्रोता हरुबाट अपार माया र हौसला पाएको यो गित युटुब र फेसबुकमा चर्चित हुँदै गएको छ।
सन २०१८ देखी गित सङ्गीत क्षेत्रमा सक्रिय रुपमा लागेका यस समूहका प्रबन्ध निर्देशक मनिस सिंह थापा रहेका छ्न। यस अघि जेन साङ्गितिक समुहले विभिन्न म्युजिक भिडिओ हरु लिएर नेपाली दर्शक हरु सामु गितको माध्यम द्वारा समाजको बिबिध क्षेत्रको सुन्दर चित्रण पेश गरेका थिए। जेन समूह आगामी केही समयमा अर्को म्युजिक भिडिओ सहित बजारमा आउन लागेको यस ब्यान्ड्का प्रमुख म्युजिकसियन रबिन्द्र सिंह ठकुरी बताउछन् ।