मङ्लबार, बैशाख ११, २०८१

विभिन्न संवैधानिक आयोगमा नवनियुक्त पदाधिकारीले लिए सपथ [नामावली सहित]

काठमाडौ माघ २१,
सरकारले सरकारले गत पुस ५ गतेको संवैधानिक परिषद्को बैठकले विभिन्न संवैधानिक आयोगमा रिक्त पदाधिकारीको नियुक्तिका लागि गरेको सिफारिस अनुरुप ति पदाधिकारीलाइ आज पद तथा गोपनियताकोसपथ गराईएकोछ ।

राष्ट्रपति कार्यालय शीतल निवासमा ए कार्यक्रमकावीच विभिन्न संवैधानिक आयोगमा रिक्त रहेका पदमा नियुक्त प्रमुख आयुक्त, आयुक्त, अध्यक्ष तथा सदस्यलाई आज आयोजित एक समारोहबीच पद तथा गोपनीयताको शपथग्रहण गराइएको हो ।
त्यसअवसरम प्रधानमन्त्री केपी ओली, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र उपप्रधानमन्त्री ईश्वर पोखरेल लगायतका उच्च पदस्थ व्यक्तिको  उपस्थिती रहेको  थियो ।

संवैधानिकनिकायका प्रमुख आयुक्त र अध्यक्षलाई प्रधानन्यायाधीश राणा र सदस्य तथा आयुक्तलाई सम्बन्धित निकायका प्रमुख आयुक्त तथा अध्यक्षले शपथ गराउनुभएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

त्यस्तै राष्ट्रपतिको कार्यालयद्दारा जारी विज्ञप्तिमा संवैधानिक परिषद्ले सिफारिस गरेका पदाधिकारीहरुले पद तथा गोपनीयताको सपथ लिने निम्नानुसार को पदाधिकारी रहेको उल्लेख गरिएको छ ।