बिहिबार, बैशाख १३, २०८१

उपत्यकाका ५५ सहित देशभर १४२ जना सङ्क्रमित थपिए, १को मृत्यु

काठमाडौ माघ २१,
पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा ३ हजार ५५७ जनाको पीसीआर परीक्षण गर्दा काठमाडौं उपत्यकाका ५५ जना सहित कुल १४२ जना सङ्क्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आज थपिएका संक्रमितसंगै नेपालमा कोभिड सङ्क्रमितको संख्या दुई लाख ७१ हजार ४३१ जना पुगेको छ ।

त्यस्तै देशभरबाट यसवीचमा २०६ जना सङ्क्रमित सङ्क्रमणमुक्त भएसंगै   सङ्क्रमणमुक्त हुनेको संख्या दुई लाख ६७ हजार ६५ जना पुगेको र पछिल्लो डेटा अनुसार २ हजार ३३५ जनामा सक्रिय संक्रमित रहेको मन्त्रालयले जाएको छ । त्यस्तै १ जना सङ्क्रमितको मृत्यु भएको र योसंगै कोभिड संक्रमणका कारण मृत्यु हुनेको सख्या २ हजार ३१ पुगेको जनाएको छ ।