बिहिबार, बैशाख १३, २०८१

विहिवार सरकारको अराजकता विरुद्ध प्रचण्ड – नेपाल समूहद्दारा आम हड्तालको घोषणा

अस्पताल, प्रेस, पानी, दूध, एम्बुलेन्स र परीक्षाबाहेक अन्य सेवा सञ्चालनमा निषेध

काठमाडौ माघ २१,
नेकपा प्रचण्ड – नेपाल समूहले बिहीबार आम हड्ताल घोषणा गरेको छ । पार्टी कार्यालय पेरिसडाँडामा बुधबार दिउँसो आयजित पत्रकार सम्मेलन मार्फत केपी ओली सरकारले संवैधानिक निकायमा गरेको नियुक्ति निरंकुशता र जबरजस्तीको पराकाष्ठा भएको जिकिर गर्दै सरकारका गलत रवैया विरुद्ध संघर्षका नयाँ कार्यक्रम घोषणा गर्ने क्रममा आम हड्तालको घोषणा गर्नु परेको जनाउ दिएको छ।

पत्रकार सम्मेलनमा वोल्दै नेकपा नेतृ पम्फा भुसालले संवैधानिक आयोगको सपथ खारेजीको माग गर्दै संविधान र लोकतन्त्रको रक्षा र फासिस्ट जंगलराजको अन्त्य गर्नका लागि विहिवार देशव्यापी आमहडतालको आह्वान गर्नु परेको प्रष्टोक्ति दिएका छन ।

त्यस्तै उहाँले सरकारको प्रतिगमन विरूद्ध जुनसुकै कमद चाल्ने बताउदै आम हड्ताल अस्पताल, प्रेस, पानी, दूध, एम्बुलेन्स र परीक्षाबाहेक सबै कुरा बन्द गरिने बताइन्।