शुक्रबार, चैत्र १६, २०८०

प्रचण्ड–नेपाल समूहबाट निर्वाचन आयोगमा पार्टी आधिकारिकताको दाबी पत्र प्रस्तुत

काठमाडौं माघ २०,
नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड–नेपाल समूहले पार्टीको आधिकारिकताको दाबी गर्दै आज निर्वाचन आयोगमा दाबीपत्र पेश गरेको छ । पेश गरेको दावीपत्रमा आफ्नो पक्षमा बहुमत केन्द्रीय सदस्य रहेको बताउँदै पार्टीको आधिकारिकताको दाबी गरिएको छ ।

केन्द्रीय समितिको निर्णय अनरुप वरिष्ठ नेता झलनाथ खनाललगायतका नेताहरुसहित अध्यक्ष प्रचण्डले मंगलबार कान्तिपथस्थित निर्वाचन आयोगको मुख्यालय पुगेको यसकिसिमको आधिकारिता दाबी पेश गर्नुभएको हो ।