शनिबार, बैशाख ८, २०८१

प्रधानमन्त्रीले बोलाए संवैधानिक परिषदको बैठक

काठमाडौं माघ २०,
प्रधानमन्त्री केपी ओलीले   संवैधानिक परिषदको बैठक बोलाएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने बताईएको उक्त बैठक मुलत सभामुख अग्निप्रसाद सापकोटाले संसदीय सुनुवाइका लागि संवैधानिक परिषदले पठाएको नामावली गत माघ १८ गते फिर्ता गरेसंष्गै सिर्जित संवैधानिक अन्यौलता लगायत संवैधानिक निकायमा नियुक्तिको सिफारिस र विविध विषय केन्द्रीत हुने बताइएको  छ ।

निर्वाचन घोषणा भइसकेको र सरकार आफै कामचलाउ भइसकेको अवस्थासंगै यसअघि भएका नियुक्तिको सिफारिसमाथि नै विभिन कोणबाटप्रश्न उठिरहेका समयमा फेरि प्रधानमन्त्री बैठक वोलाउनु अर्को संवैधानिक अराजकता भएको टिप्पणी हुँदै गर्दा आज बस्ने बैठकले क] कस्तो निर्णय गर्ने त्यो सर्वत्र चासोको विषय भएको छ ।

त्यसोत सभामुख अग्निप्रसाद सापकोटाले उठाएको कदमप्रति विमति राख्दै राष्ट्रिय सभा अध्यक्ष गणेश तिमल्सिनाले पत्रकार सम्मेलन नै गरेर सो सम्बन्धमा तिक्तtf व्यक्त गरेका छन ।