मङ्लबार, बैशाख ११, २०८१

अनेकन कौटुहलताकावीच नेपाली सेनाको १० वटा बख्तरबन्द गाडीले यसरी गर्यो चक्रपथ परिक्रमा

काठमाडौं माघ २०,
नेपाली सेनाले आफ्नो नियमित अभ्यासका कार्यक्रम अन्र्तगत सोमबार राति १० वटा बख्तरबन्द गाडीलाई चक्रपथ परिक्रमा गराएको छ ।सेनाको सीतापाइलास्थित युद्धकवच गणले बख्तरबन्द गाडी चक्रपथमा निकाल्दैगाडीमार्फत चक्रपथको चक्कर लगाएको हो ।

यसवीचमा नेपाली सेनाले आफ्नो नियमित अभ्यास भएकाले सर्वसाधारणलाई अनावश्यक त्रास नहोस् भने पनि आइतबार सार्वजनिक सूचना जारी गरे पनि मुलुकमा सिर्जित पछिल्लो राजनैतिक घटनाक्रम संगै सोमवार म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ साङ सुकीलाई सेनाले हिरासतमा लिनु त्यस्तै सेनाले मेकनाइज्ड युनिटको अभ्यासका लागि रोजेका दिन माघ १९ भएकै कारण बख्तरबन्द गाडीको अभ्यासलाइ अर्थपूर्ण रुपमा हेरिएकोछ ।

यद्यपी नेपाली सेनाले यसलाइ संयोगमात्र भएको बताएका छन । साथै सनेपाली सेनाले माघ २१ गते देशका विभिन्न स्थानहरुमा ८ वटै पृतना अन्तर्गतका मेकनाइज्ड युनिटहरूबाट समेत यस किसिमको अभ्यास गर्ने सैनिक जनसम्पर्क निर्देशनलायले जनाएको छ । फोटो सौजन्य: निशा ओली