बिहिबार, बैशाख ६, २०८१

सरकार र सेनाबीचको बढ्दो तनावसंगै म्यानमारकी प्रजातन्त्रवादी नेतृ सुकी सेनाको हिरासतमा

देश, विदेश जहाँ भएपनि कांग्रेस प्रतिगमनको विरुद्धमा : प्रवक्ता  शर्मा

काठमाडौं माघ १९,

म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ साङ सुकीलाई सेनाले हिरासतमा लिएको छ । म्यानमारमा केही दिनयता जारी सरकार र सेनाबीचको तनाव र सत्ता पलटको आशंकाका बीच सुकीलाई सेनाले हिरासतमा लिएको बीबीसीले जनाएको छ ।

गत नोभेम्बर महिनामा भएको निर्वाचनमा सुकीको पार्टी पार्टी भारी मतसहित विजयी भएको थियो । तर सेनाले चुनावी प्रक्रियामा धाँधली भएको आरोप लगाउँदै आएको छ । सेनाले सोमबार तय भएको संसद बैठक पनि स्थगित गर्न आह्वान गरेको छ ।

बीबीसीका अनुसार म्यानमारको राजधानीसहितका मुख्य मुख्य शहरमा सैनिकको तैनाथी बढाइएको छ । राजधानीमा टेलिफोन र इन्टरनेट सेवासमेत बन्द गरिएको छ ।

यसैवीच म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ साङ सुकीलाई सेनाले हिरासतमा लिएसंगै नेपाली कांग्रेसले म्यानमारमा भएको ‘सैन्य कू’को विरोध गरेको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले ट्वीट गर्दै उनले म्यानमार घटनाको विश्वव्यापी विरोध जरुरी रहेको बताएका हुन् ।प्रवक्ता शर्माले आफ्नो ट्वीटमा देश, विदेश जहाँ भएपनि कांग्रेस प्रतिगमनको विरुद्धमा रहेको भन्दै  रोहिङ्या समुदायमाथी सुकि सत्ताको व्यवहारको पुरानो घटना अमानवीय भएपनि निर्वाचन निस्पक्षताको विवादित प्रश्नमा सैन्य प्रवेश निन्दनीय रहेको उल्लेख गरेका छन् ।

 रोहिङ्या समुदायमाथी सुकि सत्ताको व्यवहारको पुरानो घटना अमानवीय भएपनि निर्वाचन निस्पक्षताको विवादित प्रश्नमा सैन्य प्रवेश निन्दनीय रहेको शर्माले उल्लेख गरेका छन् ।