बिहिबार, बैशाख १३, २०८१

उपत्यकाका ८५ सहित थप १ सय ५९ जनामा कोभिड संक्रमण

काठमाडौं माघ १९,
पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा ४ हजार १ सय ४५ जनाको पीसीआर परीक्षणको क्रममा काठमाडौ उपत्यकामा ८५ सहित थप १ सय ५९ जनामा कोभिड९१९ संक्रमण देखिएसंगै नेपालमा कुल संक्रमितको सख्या २ लाख ७१ हजार ११८ पुगेको छ ।

त्यस्तै यसवीचमा देशभरबाट थप २ सय ६४ जना संक्रमणमुक्त हुँदै डिस्चार्जभएसंगै संक्रमणमुक्त हुनेको कुल संख्या २ लाख ६६ हजार ६ सय पुगेको छ ।

साथै पछिल्लो डेटा अनुसार देशभर सक्रिय संक्रमितको संख्या २ हजार ४८९ रहेको जानकारी दिदै स्वास्थ्य मन्त्रालयले यसमध्ये आइसीयूमा १२८ जनाको र २२ जनाको भेन्टीलेटरमा उपचार भइरहेको जनाएको छ । त्यस्तै वितेको २४ घण्टामा कुनैपनि संक्रमितको मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।