बुधबार, बैशाख १२, २०८१

भागरथीको बलात्कारपछि हत्यामा संलग्न दिनेश भट्टलाई प्रहरीले गर्यो सार्वजनिक

काठमाडौ फागुन ५,
बैतडीको दोगडाकेदार गाउँपालिका–७ मा १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्यामा संलग्न दिनेश भट्टलाई प्रहरीले सार्वजनिक गरेको छ । भागरथी पढ्ने सनातन माध्यमिक विद्यालयको कक्षा ११ मा पढ्ने भट्टको प्रकरणमा संलग्नता पुष्टि भएपछि उनलाई प्रहरीले आज सार्वजनिक गरेको हो ।

सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख उत्तमराज सुवेदीले जिल्ला प्रहरी कार्यालय, बैतडीमा आयोजित पत्रकार सम्मेलनमा प्राप्त प्राविधिक प्रमाण, प्रत्यक्षदर्शी साक्षी, साबिती बयान लगायतका आधारमा भट्टलाई पक्राउ गरिएको उनले बताएका छन ।

घटनास्थलको त्रुटिरहित ढंगले प्रमाण संकलन गरेर प्रयोगशालामा पनि केही प्रमाण पठाइएको सुवेदीले बताएका छन । उनीविरुद्ध ज्यान मुद्दामा म्याद थप गरेर विस्तृत अनुसन्धान हुने प्रहरी अधिकारीहरुले बताएका छन ।

त्यस्तै   बलात्कारपछि हत्या प्रकरणको जानकारीदिदै डीआईजी सुवेदीले आरोपित दिनेश भट्ट अन्तिम विषय नपढी सनातन धार्म माविबाट ०१ः ४५ बजे साथीहरुसँग स्थानीय खोचलेक बजारमा आएको र अन्य साथीलाई छोडेर एक्लै चडेपानी गाउँतर्फ गएको पाईएको खुलेको बताउनुभयो । भागरथी भट्ट २ः बजे विद्यालयबाट फर्केर घरतर्फ जाँदा दिनेशले लडालेक जङ्गलका बाटो ढुकेर भागरथीको हत्या गरेको खुल्न आएको बताउनुभयो ।