बिहिबार, चैत्र १५, २०८०

नेकपाको केपी ओली समूहले आज बुटवलमा शक्ति प्रदर्शन गर्दै

काठमाडौं फागुन १ ,
नेकपाको केपी ओली समूहले आज बुटवलमा शक्ति प्रदर्शन गर्दैछ । बुटवलमा विभिन्न स्थानवाट याली सहित बुटवलको सिद्धेश्वरी मैदानमा आयोजना हुने प्रम ओली नेतृत्वको नेकपाको जनसभालाइ प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने बताइएकोछ ।

त्यस्तै प्राप्त जानकारी अनुसार आमसभालाइ प्रधानमन्त्री ओलीसंगै महासचिव विष्णु पौडेल, ऊर्जामन्त्री टोपबहादुर रायमाझी र मुख्यमन्त्री शंकर पोखरेललगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको थाहा भएके छ ।

आमसभाको कार्यक्रम अघि प्रम ओलीले बुटवलको चिडियाखोलादेखि पूर्व पाल्पाको वसन्तपुरसम्म जोड्ने केबलकारको शिलान्याश गर्ने कार्यक्रम समेत रहेको बुझिएको छ।