शुक्रबार, चैत्र १६, २०८०

कान्तीदेवी हत्या प्रकरणमा लालबाबु प्रसाद र धनेश्वरी देवी पक्राउ

बारा फागुन १ ,
जिल्ला प्रहरी कार्यालय कलैया बाराले महागढीमाई नगरपालिका १ बस्ने कान्तीदेवी कुशवाहाको कुटपिट गरी हत्या गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरुमा महागढीमाई नगरपालिका बरियापुर कचहरी टोल बस्ने ४२ वर्षीयलालबाबु प्रसाद कुशवाहा र सोही ठाउँ मठवा टोल बस्ने ४८ वर्षीया धनेश्वरी देवी कुशवाहा रहेको प्रहरीले जनाएको छ ।

कान्तीदेवी आफ्नै घरमा माघ २५ गते राति मृत अवस्थामा फेला परेको घटनाको अनुसन्धानको क्रममा मृतकका परिवार र धनेश्वरीबीच जग्गा लगायत विविध विषयमा विवाद रहेकाले अपराधिक प्रवृत्तिका लालबाबुलाई परिचालन गराई कान्तीदेवीको हत्या गराएको खुल्न आएको छ ।
पक्राउ परेका लालबाबु यस भन्दापूर्व २०५६ देखि २०६१ सालसम्म ३ वटा डाँका मुद्दा, १ वटा हातहतियार खरखजना मुद्दा र १ वटा केही सार्वजनिक अपराध मुद्दामा समेत पक्राउ परी सजाय भोगेको खुल्न आएको जनाउदै सो सम्बन्धमा थप अनुसन्धान प्रक्रिया शुरु गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ   ।