शनिबार, बैशाख ८, २०८१

उपत्यकामा ६५ सहित १७१ जना सङ्क्रमित थपिए, १ को मृत्यु

काठमाडौं माघ २०,
पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा २ हजार ९४६ जनाको पीसीआर परीक्षण गर्दा काठमाडौँ उपत्यकामा ६५ सहित १७१ जना सङ्क्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार आज थपिएका कोभिड संक्रमितसंगै नेपालमा कोरोनाका कुल सङ्क्रमितको संख्या २ लाख ७१ हजार २८९जना पुगेको जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा २५९ जना सङ्क्रमित सङ्क्रमणमुक्त भई डिस्चार्जभएसंगै सङ्क्रमणमुक्त हुनेको संख्या २ लाख ६६ हजार ८५९ जना पुगेको यसवीचमा १ जना सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसँगै अहिलेसम्म दुई हजार ३० जना सङ्क्रमितको मृत्यु वरण गरेको अवस्था छ ।