भक्तपुर माघ १८/राम चन्द्र प्रजापति
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले किसानले उत्पादन गरेको अण्डाको मूल्य उचित मूल्य पाउनु पर्ने बताउनु भएको छ ।
नेपाल अण्डा उत्पादक संघको १६ औं वार्षिक साधारणसभामा वोल्दै प्रमुख प्रजापतिले स्वदेशी लगानी प्रवर्द्धन गर्न व्यवसायीहरु लाग्नु पर्ने चल्ला र दानामा अनुदान दिई किसानहरुलाई काम गर्ने वातावरण सरकारले दिनु पर्नेमा जोड दिदै यस्तो अभिव्यक्ति दिनुभएको हो ।
कार्यक्रममा उद्योग बाणिज्य संघ भक्तपुरका अध्यक्ष शिव मानन्धर लगायतले आ आफ्नो जिल्लाको अण्डा उत्पादनमा समस्या समाधान तथा सघको गतिविधि प्रस्तुत गर्नु भएको थियो।
केन्द्रीय अध्यक्ष शिवराम केसीको सभापतित्वमा सम्पन्न उक्त साधारणसभामानेपाल अण्डा उत्पादक संघ भक्तपुरका अध्यक्ष सुमन सुवालले स्वागत गर्नु भएको थियो ।