बिहिबार, बैशाख १३, २०८१

थप १ सय ५ जनामा कोभिड संक्रमण पुष्टि, २को मृत्यु

काठमाडौ माघ १८,
पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा ३ हजार ३ सय ८ जनाको पीसीआर परीक्षणको क्रममा थप १ सय ५ जनामा कोभिड संक्रमण पुष्टि भएको छ ।

आज पष्टि भएका संक्रमितसंगै नेपालमा कुल कोभिड संक्रमितको संख्या २ लाख ७० हजार ९५९ पुगेको छ भने यसवीचमा देशभरबाट थप २ सय ८८ जना संक्रमणमुक्त भएर घर फर्किएसंगै संक्रमण मुक्त हुनेको सख्या २ लाख ६६ हजार ३३६ पुगेकोछ ।

त्यस्तै देशभर सक्रिय संक्रमितको संख्या २ हजार ५९४ रहेको जानकारी सहित स्वास्थ्य मन्त्तालयले पछिल्लो २४ घण्टामा थप २ जनाको मृत्यु भएसंगै संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार २९ पुगेको जनाएकोछ ।