बिहिबार, चैत्र १५, २०८०

संसद विघटन प्रकरण: रिट निवेदकको तर्फबाट जारी बहस सकियो सोमबारबाट सरकारी पक्षबाट बहस हुने

काठमाडौ माघ १८,
गत पुस ५ गते सरकारले संघीय संसदको प्रतिनिधि सभा विघटन गरेपछि सरकारको उक्त कदम संविधानको मर्म विपरित भए जिकिर सहित सर्वोच्च अदालतमा दर्ता भएका १३ वटा रिटहरुमाथि निवेदकको तर्फबाट जारी बहस आजबाट सकिएसंगै सोमबारबाट इजलासमा सरकारी पक्षबाट बहस हुने भएको छ ।

संसद विघटन विरुद्ध दर्ता भएका १३ वटा रिट उपर निवेदकका पक्षबाट भएको दावी जिकिर सहितको दलिल प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेज बहादुर केसीको संवैधानिक इजलासमा प्रस्तुत गरेको हो ।

यसअघिसंवैधानिक इजलास हरेक साताको २ दिनमात्रै बस्ने प्रचलन भएपनि संसद विद्दटन मुद्दामाथि बहसका लागि दैनिक इजलास बस्दै आएको जनाउदै सरकारको तर्फबाट हुने बहस सकिएपछि इजलासले फैसला सुनाउने अदालतले जनाएकोछ ।