शुक्रबार, चैत्र १६, २०८०

मन्त्री थापाले सम्बोधनको क्रममा भएको गल्तीका लागि माफी मागे

काठमाडौं माघ १८,

केपी ओली नेतृत्वको सरकारमा संसद विघटन पछि नियुक्त भएका खानेपानी मन्त्री मणि थापाले शनिबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित नेकपाको ओली पक्षको भेलालाई सम्बोधन गर्ने क्रममा दरणीय जनसमुदायहरू म सबैलाई नेकपा स्थायी समितिको तर्फबाट र श्री ५ को सरकारको तर्फबाट भन्दै सम्बोधन गरेपछि मन्त्री थापाको उक्त सम्बोधनको सर्वत्र आलोचना भएका छन ।

मन्त्री थापाको यो भनाइको चौतर्फी आलोचना भइरहेको छ। गणतान्त्रिक सरकारका मन्त्रीले यस्तो अभिव्यक्ति दिएको भन्दै उनको यत्र तत्र सर्व माध नभएर सामाजीक सञ्जालमा समेत तिव्र आलोचनाभसंगै मन्त्री थापाले सम्बोधनको क्रममा भएको गल्ती उपर माफी मागेका छन्। उनले भूलवश यो शब्द प्रयोग हुन गएको भन्दै आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत् माफी मागेको हो ।

शनिबार नेपाल कम्युनिष्ट पार्टीले सुर्खेतमा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्ने क्रममा नेपाल सरकार भन्नुपर्नेमा भूलवश अन्यथा भएको र त्यसलाई मैले तत्कालै सच्याएको यहाँहरू जानकार नै हुनुहुन्छ’, मन्त्री थापाले फेसबुकमा लेखेका छन्, ‘आम नेपाली नागरिक, मेरो शुभचिन्तक र नेपाल कम्युनिष्ट पार्टीका नेता कार्यकर्तामा त्यसबारे कुनै दुविधा नराखिदिनुहुन अनुरोध गर्दछु। भन्दै आफ्नो सचिवालयमार्फत् फेसबुकमा लेखेका छन्।

मन्त्री थापाले वोलेको  अभिव्यक्तिको भिडियो क्ल्पि हामीले रविन्द्र श्रेष्ठको फेसवुक पेजबाट लिएको जानकारी गराउदछु ।