बिहिबार, बैशाख ६, २०८१

स्रोत नखुलेको नगद १० लाख सहित दुवाई जान लागेका खाती पक्राउ

काठमाडौं, १७ माघ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडान तर्फको ह्याण्ड ब्यागेज चेकिङ एरियाबाट स्रोत नखुलेको नेपाली नगद १० लाख रुपैयाँ र १ हजार ५ सय अमेरिकी डलर सहित काठमाडौं महानगरपालिका १४ कलंकी बस्ने २८ वर्षीय आशिष खाती क्षेत्रीलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।
नेपाल एयरलाईन्सको उडानद्वारा दुवाई जान लागेका क्षेत्रीलाई जाँच गर्ने क्रममा उक्त रकम सहित फेला पारी प्रहरीले पक्राउ गरेको जादै जिवउपर थप थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।