मङ्लबार, बैशाख ११, २०८१

बन्दाबन्दी आदेश पछि बन्द गरिएको सिमा नाका आजबाट खुला

काठमाडौं माघ १६,
मुलुकमा कोभिड संक्रमणको जोखिम बढेसंगै सरकारले जारी गरेको बन्दाबन्दी आदेश पछि बन्द गरिएको सिमा नाका आजबाट खुला भएको
छ ।

मन्त्रिपरिषद बैठकले सीमा नाका खुला गर्ने निर्णय निर्णय गरेपछि  गृह मन्त्रालयले भारत र चीनसँग सीमा जोडिएका जिल्लाहरुलाई पत्राचार गर्दै नाका खुल्ला गर्न निर्देशन दिएको हो । प्रस्तुत निर्देशन संगै भारतसँग सीमा जोडिएका २८ वटा र चीनसँग जोडिएका २ वटा नाकाबाट अव निर्वाद आवागमन हुने भएको छ ।

त्यस्तै जारी निर्देशनमा भारतीय नागरिकको हकमा भने गृह मन्त्रालयसँग समन्वय गरेरमात्र नेपाल छिर्न दिन पाउने व्यवस्था गरिएको छ । मन्त्रिपरिषद् बैठकले गरेको निर्णय अनुसार पत्राचार गरिएको मन्त्रालयले जनाएको छ ।