बिहिबार, चैत्र १५, २०८०

श्री स्वस्थानी व्रत आजबाट प्रारम्भ  [फोटो फिचर]

काठमाडौं माघ १५/अनुप प्रधान 
पुस शुल्क पुर्णिमादेखि माघ पुर्णिमासम्म एक महिनाना सम्म चल्ने श्री स्वस्थानी व्रत आजबाट प्रारम्भ भएको छ । उपत्यकाको पूर्वमा पर्ने साँखुको शालीनदीमा श्री स्वस्थानीको ब्रत लिने व्रतालुहरुको भीड लागेको छ ।
पौष शुक्ल चतुर्दशीको दिन हात गोडाका नङ काटी, स्नान गरी, शुद्ध वस्त्र पहिरिएर यसको शुरुआत हुन्छ । बिहान माघ स्नान गरी नित्य मध्याह्नकालमा महादेवको पूजा गरिन्छ । बेलुकी स्कन्द पुराणको केदार खण्डअन्तर्गत माघ माहात्म्यको कुमार अगस्त्यबीच संवाद भएको स्वस्थानी व्रत कथा सुन्ने सुनाउने परम्परा छ ।
प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिनासम्म हरेक दिन घर९घरमा स्वस्थानीको कथा भन्ने र सुन्ने गरिन्छ । स्वस्थानीको व्रत बसे, कथा भने र सुने मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ । गोमा ब्राह्मणीले सप्तऋषिले सिकाएको विधिअनुसार व्रत गर्दा पुत्र वियोगबाट मुक्ति मिलेको र व्रतकै प्रभावले छोरा नवराज लावण्य देश [हालको साँखु क्षेत्र]को राजा भएको कथासमेत स्वस्थानीमा वर्णन गरिएको छ । त्यसैले साँखुको शालीनदीमा स्वस्थानीमा विशेष मेला लाग्छ ।
माघ महिनामा शालीनदीमा स्नान गरेर माधवनारायणको दर्शन गरेमा यसअघि गरेका यावत माप मोचन हुन्छ भन्ने विस्वास रहिआएकोछ ।