शुक्रबार, चैत्र १६, २०८०

विश्वप्रकाशको बहुप्रतिक्षित टेलिभिजन कार्यक्रम ऐना आजबाट प्रशारण हुँदै

काठमाडौं माघ ७,

नेपाली कांग्रेसका प्रवक्ता एवं चर्चित युवा नेता विश्वप्रकाश शर्माले संचालन गर्ने टेलिभिजन प्रस्तुती ऐना आजवाट प्रशारण हुने भएको छ । सामाजिक विषयवस्तुमा केन्द्रीत कार्यक्रम कान्तिपुर टेलिभिजनमा राति ९ बजे हेर्न सकिन्छ । पूर्व पत्रकार समेत रहेका शर्माको कार्यक्रम ऐना बहुप्रतिक्षित कार्यक्रम हो ।
‘ऐना’ को ’प्रोजेक्ट हेड’ मा राधाकृष्ण धिताल, निर्देशकमा अमनप्रताप अधिकारी, प्रोड्युसरमा जनक पौड्याल, कन्टेन्ट रिसर्चमा प्रकाश लामिछाने, स्क्रिप्ट राइटरमा आन्विका गिरी, डाइरेक्टर अफ फोटोग्राफीमा प्रमोद कार्की, पोष्ट प्रोडक्सनमा रमेश थापाको टिम रहेको छ ।