खोपको परिमाण के- कति भन्ने परिणामको सार्वजनिक आज दिउँसो पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरिने
काठमाडौं माघ ७,
भारतले सिरम इन्स्टिच्युटमा उत्पादन भइरहेको अक्सफोर्ड र एस्ट्राजेनेकाको कोभिशिल्ड खोप कोभिड महामारीसंग जुझ्न नेपाल सहित विभिन्न छिमेकी देशहरूलाई अनुदान स्वरूप खोप उपलब्ध गराउँदैछ । उक्त खोप भारतले नेपाल भुटान, माल्दिभ्स, बाङ्ग्लादेश, म्यानमारलाई आजबाट अनुदानमा खोप दिने लागेको हो ।
स्वास्थ्य मन्त्रालयका अनुसार नेपालले प्राप्त गर्ने कोभिशिल्ड खोपको परिमाण के कति भन्ने परिणामको सार्वजनिक आज दिउँसो पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरिने जनाएको छ । प्राप्त जानकारी अनुसार खोप हस्तान्तरणको जानकारी दिन स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठी तथा भारतीय राजदूत विनयमोहन क्वात्राले दुई बजे संयुक्त पत्रकार सम्मेलन गर्दैछन् ।
यसअघि अनुदानको खोप वाहेक नेपालले झण्डै ६० लाख मानिसहरूका लागि कोभिशिल्ड खोप भारतबाट किन्ने प्रक्रिया अघि बढाइसेको मन्त्रालय सम्वद्ध स्रोतले जनाएको छ ।
नेपालले फ्रन्टलाइनमा काम गर्ने र ७० वर्ष माथिका १२ लाख जनसंख्यालाई पुग्ने खोप मागेको हो । पहिलो चरणमा आउने खोप कोरोना विरुद्ध अग्रपंक्तिमा कार्यरत चिकित्स, नर्स तथा अन्य स्वास्थ्यकर्मी लगायत सुरक्षाकर्मीहरुलाई पनि मन्त्रालयले जाएको छ ।