शनिबार, बैशाख ८, २०८१

पद लोलुपताको प्रतिविम्व भएकै कारण हिक्कहिक्क भइञ्जेल पनि ओलीले पद छाड्दैनन् : नेता नेपाल

प्रतिनिधिसभा विघटन राजतन्त्र पुनस्र्थापना गर्ने प्रक्रियागत सुरुवाती चरण : प्रचण्ड

काठमाडौं माघ ६,

नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड–माधव समूहका अध्यक्ष माधव नेपाल समूहका निकट प्रेस संगठन नेपालको दोस्रो भेलालाई सम्बोधन गर्दै अध्यक्ष माधव नेपालले प्रधानमन्त्री ओलीले पद प्राप्तिका लागि प्रचण्ड र आफूलाई भर्‍याङ बनाएको टिप्पणी गर्दै हिक्कहिक्क भइञ्जेल पनि ओलीले पद छाड्दैनन्, बसिराख्छन्, त्यसअर्थमा प्रम ओली पद लोलुपताको प्रतिविम्व भएको बताउनु भएकोछ ।

साथै उहााँले ओलीको पछिल्लो हर्कतका कारण प्रधानमन्त्रीमा कस्तो मान्छेलाई प्रस्ताव गरेँ भन्ने विसमात भइरहेको भन्दै केपी ओलीले आफ्नो स्वार्थ लागि पार्टी भत्काउने काम गरेको आरोप लगाउनुभयो ।  ओरिजिनल एमाले म माधव नेपाल हो, केपी ओली होइन’, उनले भने, ‘मैले १५ वर्ष पार्टी चलाएको हो । मुल लिडरसिप बोकेको हो । पछि आएका केपी ओलीले आफ्नो स्वार्थ लागि पार्टी भत्काउने काम गरेका हुन् । त्यसकारण मुल एमाले आफै भएको प्रष्टोक्ति समेत दिनुभयो ।

त्यस्तै नेकपा प्रचण्ड–माधव समूहका अर्का अध्यक्ष प्रचण्डले सोहि भेलालाइ सम्बोधन गर्दै प्रतिनिधिसभा विघटन राजतन्त्र पुनस्र्थापना गर्ने प्रक्रियागत सुरुवाती चरण भएका कारण यसलाई हर मूल्यमा रोक्नु पर्ने बताउनुभयो । साथै उहाँले जारी आन्दोलनलाइ हिंसात्मक आन्दोलनतर्फ लैजाने कुनै संभावना नरहेको भन्दै जनवलबाट प्राप्त उपलब्धि गुम्ने खतरा रोक्न आवश्यक रहेको बताए ।

भेलामा पार्टी स्थायी कमिटी सदस्य एवं केन्द्रीय सङ्घर्ष समितिका सहसंयोजक योगेश भट्टराई, केन्द्रीय कमिटी सदस्य एवं विदेश विभाग उपप्रमुख विष्णु रिजाल नेपाल पत्रकार महासङ्घका अध्यक्ष गोविन्द आचार्य ,वरिष्ठ पत्रकार नारायण वाग्ले प्रेस चौतारी नेपालका पूर्वअध्यक्ष बालकृष्ण चापागाईं,चौतारीका पूर्वअध्यक्ष शम्भू श्रेष्ठ, वरिष्ठ पत्रकार किशोर श्रेष्ठ ,वरिष्ठ पत्रकार ओम शर्मा ,सामुदायिक रेडियो प्रचारक सङ्घका अध्यक्ष सुवास खतिवडा , प्रगतिशील पत्रकार सङ्घ नेपालका पूर्वअध्यक्ष नारायण शर्मा आदिवासी जनजाति पत्रकार महासङ्घका अध्यक्ष दण्ड गुरुङ लगायतले वोल्नभएको थियो