शुक्रबार, चैत्र १६, २०८०

आगलागी भएको सोल्टी अपार्टमेन्टबाट २ बालबालिका सहित २३ जनाको सकुशल उद्धार

काठमाडौं माघ ६,
काठमाडौं महानगरपालिका -१३ रबिभवनस्थित सोल्टी अपार्टमेन्टको तेश्रो तल्लाबाट सोमवार करेन्ट सर्ट भई आगलागी हुँदा अपार्टमेन्टमा रहेका २३ जनालाई सकुशल उद्धार गरिएको छ ।

उक्त अपार्टमेन्टमा आगलागी भएको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त कालिमाटी, नेपाली सेना, सशस्त्र प्रहरी बल, स्थानियवासी र दमकल समेतको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै १६ जना पुरुष, ५ जना महिला र २ जना बालबालिकालाई सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ ।

आगलागीमा परेर सामान्य घाइते भएका सोही अपार्टमेन्टमा बस्ने भारत घर भएकी २७ वर्षीय प्रतिभा अग्रवाल र उनको २ दिनको छोरालाई उपचारको लागि सहिद मेमोरियल अस्पताल कलंकी लगिएको र उपचार पश्चात डिष्चार्ज भएको जनाउदै । आगलागीबाट भएको क्षतिको विवरण आउन बाँकी रहेको जनाउदै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।