शुक्रबार, बैशाख ७, २०८१

पार्टीगत विवादमा संसद विघटन गर्न मिल्दैन :रिट निवेदकका अधिवक्ता

काठमाडौं माघ ५,
संसद विघटन मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासमा निरन्तर भइरहेको सुनुवाइ सोमबारका लागि सकिएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासहित विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासमा गत पुस ५ गते प्रतिनिधिसभा विघटन भएपछि सर्वोच्चमा परेका दर्जन बढी रिटमाथि बहस भैरहेको हो । सुनवाइ मंगलवार हुने गरी हेर्दाहेदैमा राखिएको हो ।

आजको सुनुवाइमा रिट निवेदकका तर्फबाट अधिवक्ताहरु दीनमणि पोखरेल र सरोजकृष्ण घिमिरेले बहस गरेका थिए । बहस गर्दै अधिवक्ता पोखरेलले पार्टीगत झगडाको नाममा बहुमत प्राप्त सरकारका प्रधानमन्त्रीले सरकार चलाउन मन नभए राजीनामा दिनुपर्ने तर संसद विघटन गर्न नपाइने बताएका थिए ।

पुस ५ गते प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरी वैशाख १७ र २७ मा मध्यावधि निर्वाचनको तोकेकी थिइन् । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्चमा १३ वटा रिट निवेदन दर्ता भएको थियो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

January 2020
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031