शनिबार, बैशाख ८, २०८१

सर्वोच्चले माग्यो बस्न्यातलाई थुना पठाउने विशेष अदालतको आदेश सहितको कैफियत प्रतिवेदन

काठमाडौं माघ ५,
सर्वोच्च अदालतका न्यायाधीश हरि फुँयालको एकल इजलासले बालुवाटारको सरकारी जग्गा प्रकरणमा ख्तियार प्रमुख दीप बस्न्यातलाई थुनामा पठाउने विशेष अदालतको आदेशको कैफियत प्रतिवेदन माग गरेको छ ।

बस्न्यातले तत्कालीन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सचिवका रुपमा कार्यरत रहेको अवस्थामा सरकारी जग्गा व्यक्तिको नाउमा नामसारी गर्न भूमिका खेलेको भन्दै बस्नेतसहित १७५ जनाविरुद्ध अख्तियारले विशेष अदालतमा ९ करोड ३५ लाख बिगो दाबी सहित दायर गरेको मुद्दाका कारण थुनामा रहेका छन ।

थुनामा रहेका बस्न्यातको तर्फबाटबाट सर्वोच्चमा दर्ता भएको साधारण तारिखमा बसेर मुद्दाको पुर्पक्ष गर्न पाउँ भन्ने निवेदनको सुनवाइ गर्दै सर्वोच्चले बस्न्यातलाइ थुनामा पठाउने विशेष अदालतको आदेशको आधार,कारण सहितको कैफियत प्रतिवेदनको अध्ययन पछि मात्र बस्न्यातलाई थुनामै राख्नुपर्ने वा साधारण तारेखमा राखेर मुद्दा लड्न पाउने अधिकार प्रदान गर्ने हो सो सम्बन्धमा आदेश जारी गर्ने सर्वोच्च स्रोतले जनाएको छ ।

स्मरण रहोस बालुवाटारको ललिता निवासको जग्गा प्रकरणमा  विशेष अदालतका न्यायाधीश प्रेमराज कार्की, न्यायाधीशद्वय अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेयको इलजासले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।