शुक्रबार, चैत्र १६, २०८०

नेपालमा नयाँ प्रकारको कोभिड भाइरस भित्रिएको पुष्टि , सचेत रहन मन्त्रालयको आग्रह

काठमाडौं माघ ५,
स्वास्थ्य तथा जनसख्या मन्त्रालयले नेपालमा नयाँ प्रकारको कोभिड भाइरस भित्रिएको पुष्टि भएको जनाएको छ । बेलायतमा नयाँ प्रजातिको कोभिड भाइरसको संक्रमण बढेको चर्चासंगै बेलायतबाट नेपाल आएका २८ वर्षीया महिला, ६७ र ३२ वर्षीय पुरूषको स्वास्थ्य परिक्षणको क्रममा हङकङस्थित प्रयोगशालामा गरिएको परीक्षणको सोवार प्राप्त रिपोर्ट अनुसार उनिहरुमा प्रकारको भाइरसको संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको हो ।

यद्यपी नेपाल आउका ३ नैजना व्यक्तिको पछिल्ले अवस्था सामान्य रहेको जनाउदै  मन्त्रालयले एक हिसावले उनिहर सवै संक्रमणमुक्त भइसकेको जानकारी दिएका छन । तथापी नेपालमा नयाँ प्रजातिको कोभिड भाइरसको संक्रमण देखिएसंगै सरकारले थप सतकर्ता अपनाउने तयारी गरेको छ ।

स्मरण रहोस, बेलायतमा देखिएको नयाँ प्रजातिको भाइरसको संक्रमण पछिल्लो समय युरोपियन मुलुक, अमेरिका र अफ्रिका लगायत  ५० भन्दा बढी देशमा पुगिसकेको छ । विगतको भन्दा यो भाइरस ७० गुणा बढी संक्रामक रहेको भन्दै सचेत रहन मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जारी विज्ञप्तिमा उल्लेख  गरिएकोछ ।