बिहिबार, बैशाख ६, २०८१

सामाजिक सञ्जाल मार्फत ठगी गर्ने २ जना पक्राउ

ललितपुर माघ ४ ,
सामाजिक सञ्जाल मार्फत ठगी गरेको अभियोगमा अजय भन्ने प्रमोद साह तेली र पर्सा नगरपालिका(८ घर भई हालल काठमाडौं गौशाला बस्ने ३९ वर्षीय मेवालाल साह तेली लाइ प्रहरी पक्राउ गरेको छ ।

प्रहरीका अनसार पक्राउ परेका अभियुक्तद्दयले सामाजिक सञ्जालमा विभिन्न कम्प्युटर, मोबाईल, घडी, ल्यापटप, क्यामेरा जस्ता ईलोक्ट्रोनिक सामानहरु बजार मूल्य भन्दा सस्तोमा डेलिभरी गराउने भनि विज्ञापन राखी विभिन्न व्यक्तिहरुलाई लोभलालचमा पारी रकम जम्मा गर्न लगाई रकम पाए सामान समेत डेलिभरी नगरी फरार रहेको बुझिएको छ ।

त्यस्तै पक्राउ परेको अभिुक्त उपर थप अनुसन्धानका लागि जिल्ला अदालत ललितपुरबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।