बुधबार, बैशाख १२, २०८१

उपत्यकाका १७७ सहित देशभर २ सय ६६ जनामा कोभिड संक्रमण

काठमाडौं माघ ४,
पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा परिक्षणको क्रममा ३ हजार ५०८ जनाको पीसीआर परीक्षणको क्रममा काठमाडौं उपत्यकाका १७७ सहित देशभर थप २ सय ६६ जनामा कोभिड संक्रमण पुष्टि भएको छ । त्यस्तै यही अवधीमा देशभरबाट थप ४ सय जना संक्रमित उपचारपछि डिस्चार्ज भएका छन ।

आज पपहिचान भएक संक्रििमत संगै नेपालमा नेपालमा कुल संक्रमितको संख्या २ लाख ६७ हजार ३२२ पुगेको छ भने संक्रमण मुक्त हुनेको संख्या २ लाख ६१ हजार ४४४ पुगेको छ । त्यस्तै देशभर सक्रिय संक्रमितको संख्या ३ हजार ९१९ रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

साथै संक्रमणबाट थप ५ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ९५९ पुगेको जानकारी मन्त्रालयले दिएको छ ।