बिहिबार, बैशाख ६, २०८१

अझै केहि दिन जारी मौसमी उतारचढाव कायम नै रहने

काठमाडौं माघ ४ ,
मौसम पूर्वानुमान महाशाखाले देशका पूर्वी भूभागमा उत्तरी बङ्गलादेश र आसपासमा बनेको न्यूनचापीय प्रणालीको प्रभावका कारण केहि दिन यता देखि मौसममा हुँदै आएको उतारचढाव सफा हुन अझै केही दिन लाग्ने जनाएको छ । त्यस्तै महाशाखाले न्यूनचापीय प्रणालीका कारण देशका केही स्थानमा आंशिकदेखि सामान्य बदली हुँदै आएको जाएको छ ।

साथै मौसमा देखिएको उतारचढावकाका कारण तत्काल वर्षा हुने सम्भावना नरहेको जनाउदै वर्षा हुनका लागि प्रयाप्त मात्रामा जलवाष्पयुक्त हावा प्रवेश हुनुपर्दछ । तर यसवर्ष जलवाष्पयुक्त आवा प्रवेश हुन नसक्दा माघ शुरु भइसक्दा पनि हिउँदे वर्षा नभएको नभएको महाशाखाले जनाएको छ ।

त्यस्ते महाशाखाले देशका प्रदेश नं १, बाग्मती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही देशका तराईका भूभागमा बाक्लो हुस्सु र कुहिरो लागेको जानकारीदिदै काठमाडौ उपत्यकाको न्यूनतम तापक्रम ८.८ डिग्री र अधिकतम तापक्रम १९.५ डिग्री सेल्सियस मापन भएको जनाएको छ ।