बुधबार, बैशाख १२, २०८१

निर्वाचन आयोगमा निर्वाचन केन्द्रीत सर्वदलीय छलफल हुँदै

काठमाडौं माघ ४
निर्वाचन आयोगले सरकारले गत पुस ५ गते संसद विघटन गर्दै आगामी वैशाख १७ र २७ गते नयाँ निर्वाचनको मिति तोकेसंगै दलहरुसंगको सर्वदलीय छलफलको क्रमलाइ तिव्रता दिएको छ ।

आयोगले आगामी निर्वाचन, मतदाता नामावली, मतदान केन्द्रलगायतका विषयमा छलफलका लागि दलका प्रतिनिधिलाई आज आयोगमा बोलाएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिएका छन।

यसअघि आयोगले छलफलका लागि राजनीतिक दलबाट दुई–दुई जना प्रतिनिधि पठाइदिन पत्र पठाएको थियो। यसवीचमा आयोगले आसन्न निर्वाचलाइ केन्द्रविन्दुमा राख्दै निर्वाचनको  कामकारवाही सञ्चालन गर्दै आइरहेका छन ।