शुक्रबार, चैत्र १६, २०८०

संसद विघटनविरुद्धको रिटमा आजबाट संवैधानिक इजलासमा निरन्तर सुनुवाइ हुने

काठमाडौं माघ ४
संसद विघटनको मद्धामा शुक्रवार क्षेत्राधिकार विवाद समाप्त भएसंगै विघटनविरुद्ध सर्वोच्चमा दर्ता भएका रिट निवेदनमाथि आजबाट निरन्तर संवैधानिक इजलासमै सुनुवाइ हुँने भएको छ ।

शुक्रवार संसद विघटनसम्बन्धी मुद्दाको सुनवाईलाइ ििलएर प्रस्तत प्रकरणको सुनवाइ संवैधानिक इजलास कि वृहत पूर्ण इजालसमा भन्ने विषयमा भएको बहस पैरवीपछि प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा नेतृत्वको संवैधानिक इजलासले प्रतिनिधिसभा विघटनसम्बन्धी रिटमाथिको सुनुवाइ संवैधानिक इजलासमै हुने आदेश जारी गरेको हो ।

त्यस्त्ै गत पुस १० गते अदालतको संवैधानिक इजलासले प्रतिनिधिसभा विघटन गर्नुपर्ने कारणसहित लिखित जवाफ पेश गर्न सरकारका नाममा आदेश जारी गरेको थियो । राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र सभामुखले यही पुस १९ गते महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेश गरिसकेका छन् ।