मङ्लबार, चैत्र ६, २०८०

माघ ९ गते प्रचण्ड-नेपाल समूहले ओली प्रतिगमन विरुद्ध वृहत जनप्रदर्शन गर्ने

काठमाडौं माघ ३ ,
प्रचण्ड – नेपाल समूह नेतृत्वको नेकपा कम्युनिस्ट पार्टी केन्द्रीय सङ्घर्ष समितिको आज बसेको बैठकले प्रधानमन्त्री केपी ओलीको प्रतिगमन विरुद्ध माघ ७ गते अपराह्न काठमाडौको भृकुटीमण्डपबाट उपत्यकाव्यापी मोटरसाइकल ¥याली सहित माघ ९ गते काठमाडौमा जनप्रदर्शन गर्ने भएको छ ।

जनप्रदर्शनको क्रममा विभिन्न स्थानमा जुलुुसहित अपराह्न १२ बजे रत्नपार्कमा एकीकृत प्रदर्शन गर्ने निर्णय बैठकले गरेको केन्द्रीय सङ्घर्ष समितिका सहसंयोजक योगेशकुमार भट्टराईले जानकारी दिनुभएको छ ।

त्यस्तै बैठकले प्रधानमन्त्री ओलीको प्रतिगमनबाट संविधान र जनअधिकराको रक्षा गर्नका लागि जारी आन्दोलन कुनै राजनीतिक दलको मात्र नभएर सिङ्गो मुलुकको लोकतन्त्रवादी शक्तिको संयुक्त आन्दोलन भएको जनाउ सहित संसद विघटन विरुद्ध परिचालित हुन पार्टीका नेता तथा कार्यकर्तालाई सकुर्लर गर्दै प्रदर्शनमा सम्पूर्ण राजनीतिक दल, नागरिक समाज लगायतलाइ ऐक्यबद्धता जाहेर आग्रह समेत गरेको छ ।