मङ्लबार, चैत्र ६, २०८०

काँग्रेसले आज प्रतिनिधि सभा विघटन विरुद्ध ७ सय ५३ वटै स्थानीय तहमा प्रदर्शन गर्दै

काठमाडौं माघ ३,

नेपाली कांग्रेसले आज  प्रतिनिधि सभा विघटन विरुद्ध ७ सय ५३ वटै स्थानीय तहमा प्रदर्शन गर्दैछ । प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधि सभा भंग गर्ने कार्यलाई कांग्रेसले गैरसंवैधानिक भन्दै आएको छ ।

कांग्रेसले यसअघि संसद विघटनका विरुद्धमा पुस १३ गते १ सय ६५ निर्वाचन क्षेत्रमा र पुस २५ गते ३ सय ३० प्रदेशसभा निर्वाचन क्षेत्रमा प्रदर्शन गरिसकेको छ ।

त्यस्तै आजको प्रदर्शनमा विगतमा जस्तै लोकतन्त्रको रक्षाका लागि सहभागी बन्दै नेकपा सरकारको असंवैधानिक र अलोकतान्त्रिक कदमका विरुद्ध ऐक्यवद्धता प्रकट गर्न कांग्रेस सभापति शेरबहादुर देउवाले अपील गरेका छन् । कांग्रेसले यसअघि तय गरेको आन्दोलनका कार्यक्रमअन्तर्गत माघ ८ गते देशभरका ६ हजार ७ सय ४३ वडामा प्रदर्शन गर्नेछ।