मङ्लबार, चैत्र ६, २०८०

संसद विघटनसम्बन्धी मुद्दाको संवैधानिक इजलासमै सुनुवाइ हुने

काठमाडौ माघ २,
संसद विघटनसम्बन्धी मुद्दाको सुनवाई संवैधानिक इजलासबाटै हुने भएको छ । प्रस्तत प्रकरणको सुनवाइ संवैधानिक इजलास कि वृहत पूर्ण इजालसमा भन्ने विषमा आज भएको बहस पैरवीपछि प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा नेतृत्वको संवैधानिक इजलासले प्रतिनिधिसभा विघटनसम्बन्धी रिटमाथिको सुनुवाइ संवैधानिक इजलासमै हुने आदेश दिएको छ ।

प्रधान्यायाधीश जबरा, न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसी सम्मिलित इजलासबाट जारी आदेशमा भनिएको छ, ‘प्रस्तुत रिट निवेदनमा नेपालको संविधानको धारा १३७ ९३० बमोजिम गम्भीर संवैधानिक व्याख्याको प्रश्न समावेश भएको देखिएकाले निवेदकको माग बमोजिम गर्नुपरेन साथै मुद्दा हेर्दा हेर्दैमा रहेको र अर्को सुनुवाइ माघ ४ गते समेत उल्लेख गरिएकोछ ।