शनिबार, बैशाख ८, २०८१

उपत्यकाका १७२ सहित थप २ सय ७० जनामा कोभिड संक्रमण

काठमाडौ माघ २,
पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालमा ३ हजार ८४ जनाको पीसीआर परिक्षण्को क्रममा उपत्यकाका १७२ संक्रमित सहित देशभर थप २ सय ७० जनामा कोभिड संक्रमण देखिएको छ । योसंगै नेपालमा संक्रमितको सख्या २ लाख ६६ हजार ८१६ पुगेको छ ।

त्यस्तै यसवीचमा देशभरबाट थप ३ सय ९० जना संक्रमित डिस्चार्जभए संगै संक्रमण मुक्त हुनेको संख्या २ लाख ६० हजार ५६७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार देशभर सक्रिय संक्रमितको संख्या ४ हजार ३०१ रहेको छ भने १६५ संक्रमितको आइसीयूमा र ३८ जनाको भेन्टीलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ । साथै संक्रमणबाट थप ५ जनाको मृत्यु भएको छ । योसंगै नेपालमा कोभिड संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ९४८ पुगेको छ ।