शुक्रबार, चैत्र १६, २०८०

बुधवार हेर्दाहेर्दैमा सकिएको संसद विघटन मद्धाको सुनवाइ आज हुँदै

काठमाडौं माघ २,
संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएका रिट निवेदनमाथि संंवैधानिक इजलासमा आज सुनुवाइ हुने भएको छ ।
यसअघि बुधवार भएको सुनवाइ हेर्दाहेर्दैमा सकिएको थियो ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश सपना मल्ल प्रधान, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसीको संंवैधानिक इजलासमा सुनुवाइ भइरहे पनि प्रस्तुत मुद्धाको सुनवाइ संंवैधानिक इजलासमा नभइ बृहत् पूर्ण इजलासमा हुनुपर्ने माग सहित सिर्जना भएको विवादको सम्बोधन भइनसकेका कारण मुद्धाको भित्री वस्तुमा बहसले प्रवेश पाउन सकेको छैन ।

प्राप्त जानकारी अनुसार आजको सुनवाएमा पनि मुद्दाको सुनुवाइ कहाँ गर्ने भन्ने क्षेत्राधिकारकै विषयमा बहस हुने प्राय निश्चित रहेको छ।रिट निवेदक १३ मध्ये ११ जनाले उक्त विषय बृहत् पूर्ण इजलासमा सुनुवाइ गर्नुपर्ने माग गर्दै पूरक निवेदन दिएका छन्। तर सरकारका तर्फबाट महान्यायाधिवक्ताले संविधानको व्याख्या गर्ने इजलास भएको हुँदा संंवैधानिक इजलासमै सुनुवाइ गर्नुपर्ने तर्क गर्दै आइरहेका छन ।

यसवीचमा सर्वोच्च अदालतको संंवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनको मुद्दालाई संंवैधानिक इजलासमा नै राख्ने वा बृहत् पूर्ण इजलासमा पठाउने विषयमा अधिवक्ताहरू र न्यायाधीशबीच सवाल जवाफ समेत भएका छन । त्यस क्रममा अधिवक्ताहरूले विगतकामा स।सद विघटन हुँदा भएको बहसको नजिर हेर्न ध्यानाकर्षण समेत गराएका छन ।

स्मरण रहोस पुस १० गते सर्वोच्च अदालतको संवैधानिक इजलासले प्रतिनिधिसभा विघटन गर्नुपर्ने कारणसहित लिखित जवाफ पेश गर्न सरकारका नाममा जारी गरेको आदेशानुसार राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सभामुखले यही पुस १९ गते महान्यायाधिवक्ता कार्यालयमार्फत लिखित जवाफ पेश भइसकेको छ। अदालतले संसद विघटनसम्बन्धी सिफारिस र निर्णयको सक्कलप्रति राष्ट्रपति कार्यालय तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट झिकाउने, प्रतिनिधिसभामा अविश्वासको प्रस्ताव दर्ता भएको खुल्ने गरी सक्कल रजिष्टारसमेतका कागजात संङ्घीय सचिवालयबाट झिकाउने सवालमा भएको आदेशानुसार सवै कागजात प्राप्त भइसको छ । त्यस्तै अदालतले माग गरेको अदालतको सहयोगी ९एमीकस क्युरी० मा नेपाल बार एसोसिएसनका वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्की, सतिशकृष्ण खरेल र विजयकान्त मैनालीलाई सिफारिस गरेको छ भने सर्वोच्च बार एसोसिसनले निर्वाचित अध्यक्ष वरिष्ठ अधिवक्ता पूर्णमान शाक्य र वरिष्ठ अधिवक्ता गीता पाठक सङ्ग्रौलाको नाम सिफारिस गरेको छ।