बुधबार, बैशाख १२, २०८१

तत्कालै पानी पर्ने सम्भावना नरहे पनि अझै ३ दिन मौसम बदली हुने

काठमाडौं माघ २,
देशभर अझै ३ दिन देशभर आंशिकदेखि सामान्य बदली हुने मौसम पुर्वानुमान विभागले जनाएको छ । दक्षिण पूर्वी अरब सागरमा बनेको न्यून चापीय क्षेत्र तथा पूर्वी बिहारमा बनेको न्यून चापीय क्षेत्रको प्रभावले अझै ३ दिन देशको अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदलीको सम्भावना सहितको पूर्वानुमान विभागले गरेको हो ।

त्यस्तै विभागले वर्षा हुने उल्लेखनीय मौसमी प्रणाली देशभर नै तत्कालै ठूलो पानी पर्ने सम्भावना भने नरहेको जनाउपनि आगामी ३ दिन देशको धेरैजसो स्थानमा मौसम भने बदली रहने जनाएको छ । यसवीचमा दिउँसोको अधिकतम तापक्रम घट्ने र चिसो महसुस हुने विभागले जनाएको छ ।
साथै विभागले देशका तराईका भूभागमा बाक्लो हुस्सु–कुहिरो लागेको जानकारी दिनुको अलावा दिउँसो प्रदेश नं १, सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका धेरै भूभागमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भूभागमा आंशिक बदली हुनुका साथै सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको ज जनाएको छ ।

महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम पाँच दशमलव पाँच डिग्री र अधिकतम तापक्रम १८ दशमलव दुई डिग्री सेल्सियस रहेको छ । त्यस्तै आज सबैभन्दा कम जोमसोमको न्यूनतम तापक्रम माइनस दुई डिग्री र सबैभन्दा धेरै धरानको न्यूनतम तापक्रम १२ दशमलव पाँच डिग्री सेल्सियस रहेको जनाएको छ ।