बिहिबार, चैत्र १५, २०८०

विप्लव समूहद्वारा सरकार विरुद्ध ५ दिने आन्दोलनको घोषणा

काठमाडौं माघ १ ,
राज्यद्दारा प्रतिबन्धित नेत्र विक्रम चन्द विप्लव समूहले यो वा त्यो वहानामा आफ्ना नेताहरुको पक्राउको विरुद्धमा आन्दोलनको घोषणा गरेको छ । पश्चिम कमाण्ड इञ्चार्ज धर्मेन्द्र बाँस्तोला ‘कञ्चन’ विवेक कुमाल र रोजन रखाल सहितका नेताहरु पक्राउभएसंगै विप्लव समह आन्दोलित भएको हो ।  महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले आज प्रेस विज्ञप्ति मार्फत ५ दिने आन्दोलनको घोषणा गरेका हो ।

सरकारले समूहमाथि दमन गरेको बताउँदै जारी विज्ञप्तिमा माघ ३ ५ र ७ गते देश व्यापी विरोध जुलुस त्यस्तै माघ ९ गते देशव्यापी मसाल जुलुस र माघ १० गते नेपाल बन्दको घोषण गरेको उल्लेख गरेको छ।