शनिबार, बैशाख ८, २०८१

उपत्यकाका २४६ सहित देशभर ४०३ जनामा कोभिड संक्रमण,थप ६ को मृत्यु

काठमाडौं माघ १ ,
पछिल्लो २४ घण्टामा देशभरका विभिन्न् प्रयोगशालामा ५ हजार ३२ जनाको कोभिड परिक्षणको क्रममा उपत्यकाका २४६ सहित देशभर ४०३ जनामा कोभिड संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार यसवीचमा ४०५ जना कोभिड संक्रमित उपचारपछि डिस्चार्ज भएको र संक्रमणका कारण बिहीबार थप ६ जनाको मृत्यु भएको जनाएको छ ।

यस्तै मन्त्रालयले उपत्यकामा आज पहिचान भएका संक्रमित मध्ये काठमाडौका २२० जना, भक्तपुरका ३ र ललितपुरका २३ जना रहेको जानकारी दिएको छ ।