शुक्रबार, चैत्र १६, २०८०

गरौँ योग डटेर, कोभिड जान्छ हटेर’ भन्ने नाराका साथ देशभर राष्ट्रिय योग दिवस मनाइँदै

काठमाडौ माघ १,
विसं २०७२ साउन २८ गतेको बैठकले माघ १ गते राष्ट्रिय योग दिवस मनाउने औपचारिक निर्णय अनुरुप आज ‘गरौँ योग डटेर, कोभिड जान्छ हटेर’ भन्ने नाराका साथ राष्ट्रिय योग दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

योग सूत्रको श्रेय भने आदियोगी भगवान् शिवलाई नै दिइन्छ । महषिर् पतञ्जलीको सिद्धान्तनुसार चित्तको वृत्तिलाई वास्तविक निरोध गर्नु नै योग हो । महषिर् पतञ्जलीका अनुसार योगश्चितवृत्तिनिरोध अर्थात् योगलेचित्तवृत्तिको निरोध गर्दछ । हाम्रो अस्थिर मनलाई स्थिर बनाउनु योगले महत्वपूर्ण मूमिका निर्वा गर्ने गर्दछ हाम्रो मनमा अनेक प्रकारका राम्रा नराम्रा वृत्ति उतपत्ति र लय भइरहेको हुन्छ ।योगले मानिसमा आफूभित्र रहेको रोगलाई निरोध गर्न सक्छ ।

योगको अज्ञानताबाट ज्ञानतर्फ, जडबाट चेतनातर्फ, निर्बलताबाट सवलता, जीवनबाट ब्रहृम, प्रत्यक्षबाट परोक्ष एवं सीमितबाट असीमिततर्फको आध्यात्मिक यात्रा हो योग ।केही विद्वान् ऋषिमुनिले योगको अर्थ संयोग अथवा मिलन पनि हो भनेका छन् संक्षपमा भन्नुपर्दा आफ्नो इच्छाशक्तिलाई परआत्माको इच्छाशक्तिमा संयोग गर्नुलाई नै योग भनिन्छ । त्यस्तै नेपालमा योग दिवस मनाउन थालेपछि नेपालमा योग र आयुर्वेदको क्षेत्रको विकासका लागि चिन्तन शुन थालेको पाइन्छ । त्यस्तै राज्यले छैटौँ राष्ट्रिय योग दिवस मनाउन शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठको संयोजकत्वमा मूल समारोह समिति गठन गरिएको छ । समितिमा १०० भन्दाबढी संस्थाको सहभागिता रहेको बताइएको छ ।

स्थानीय तहले पनि योग दिवस मनाउने कार्यक्रम बनाएका छन् । दिवसका अवसरमा शङ्खरापुर नगरपालिकाले आजदेखि सात दिने योग शिविर आयोजना गरेको छ । नगरपालिकाको शिक्षा शाखाले आयोजना गरेको कार्यक्रम वाग्मती प्रदेशका भौतिक पूर्वाधार मन्त्री रामेश्वर फुयाँलले आज बिहान उद्घाटन गर्नुहुने जनाइएको छ ।

साथै यसवीचमा प्राप्त जानकारी अनुसार सप्ताहव्यापीरुपमा मनाइने गरिएको दिवस यस वर्ष कोभिड महामारीका कारण प्रभातफेरी स्थगित गरिए पनि माघ २ गतेदेखि ६ गतेसम्म योगको क्षेत्रमा काम गर्ने विभिन्न संस्था सहित माघ ७ गते जुम प्रविधिबाट अन्तरक्रिया गरी दिवसको औपचारिक कार्यक्रम समापन गरिने बुझिएको छ ।