शनिबार, बैशाख ८, २०८१

आज माघे (मकर) सङ्क्रान्ति मनाइँदै

काठमाडौं माघ १,
आज माघे संक्रान्ति पर्व देशभरका नदी, दोभान तथा त्रिवेणीमा स्नान र देव मन्दिरहरुमा पूजापाठ गर्नुका साथै घ्यू–चाकु, तिलको लड्डु र तरुल खाएर मनाईंदैछ । ज्योतिष शास्त्रका अनुसार सौर तिथिका हिसाबले आजदेखि सूर्य धनु राशीबाट मकर राशीमा प्रवेश गरी उत्तरायण हुने गर्दछ । त्यसैले यस पर्वलाई मकर संक्रान्ति पनि भन्ने गरिन्छ ।

आजैदेखि दिन लामो र रात छोटो हुँदै जाने विश्वास गरिन्छ । यस पर्वमा तिलको लड्डु, चाकु, घ्यू, तरुल, खिचडी जस्ता परिकार खाने गरिन्छ ।यी परिकारले जाडोमा न्यानो प्रदान गर्ने भएकाले चिसो समयमा पर्ने पर्वमा ताता परिकार खाने गरिएको हो । देशका विभिन्न तीर्थस्थलमा स्नानगरी दान तथा पूजा गर्नेको भीड लाग्ने गर्दछ ।

आजको दिन देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, रिडी लगायतका स्थानमा माघ स्नान गर्ने भक्तजनको भीड लाग्छ । तराईवासीले माघ १ लाई नहान अर्थात् नुहाउने पर्वका रुपमा मनाउँछन् । बिहानै तीर्थस्थलमा गई स्नान गरेर तिल दान गर्नाले दान गरे सरहको पुण्य प्राप्त हुने धार्मिक विश्वास रहि आएको छ । यी परिकारले जाडोमा न्यानो प्रदान गर्ने भएकाले चिसो समयमा पर्ने पर्वमा ताता परिकार खाने गरिएको हो । यी खानाले त्रिदोष नाश हुने धार्मिक विश्वास छ ।

यसैवीच थारु समुदायले भने आजको दिनलाइ नयाँ वर्षका रुपमा मनाउने गर्छन् ।सूर्य उत्तरायण प्रवेश गर्ने दिन माघ १ गते थारु समुदायको माघी पर्व पर्दछ । माघ १ गतदेखि पाँच दिनसम्म घरमा ठूला मुढा बालेर धुनी जगाउँदै धुनीको चारैतिर घरपरिवार र पाहुना बसेर खानपिन गर्छन् । धुमधामका साथ तराई क्षेत्रमा यो पर्व मनाउँने गरिन्छ । माघे सङ्क्रान्तिको अवसरमा संघीय ससरकारले सार्वजनिक बिदा समेत दिएक छन ।