शुक्रबार, चैत्र १६, २०८०

निर्वाचन सम्बन्धी काम पनि नरोक्न आयोगलाइ ओलीको जवाफी पत्र

नेकपा पार्टी विभाजन नभएको र प्रचण्ड दोस्रो वरियताको अध्यक्ष कायम रहेको जिकिर

काठमाडौ पुस २९,
निर्वाचन आयोगले संसद विघटन प्रकरणसंगै दुइ कित्तामा विभाजित भएको सत्तारुढ प्रचण्ड नेपाल समूह र ओली समूहलाइ आधिकारिताको निरुपण गर्नका लागि दुवै समूहलाइ आयोगले गत बिहीबार ऐन–नियम र पार्टीको विधानअनुसार विवरण पठाउन गरेको पत्रको नेकपा ओली समूहले आयोगमा जवाफ पेश गरेको छ ।

नेकपा ओली समूहले आयोगमा पेश गरेको जवाफी पत्रमा नेकपा विभाजन नभएको र पुष्पकमल दाहाल प्रचण्ड दोस्रो वरियताको अध्यक्ष कायम रहेको उल्लेख गरेका छन । साथै संसद विघटन भइ निर्वाचनको समेत घोषणा भइसकेको अवस्थामा आयोगले सम्पादन गर्ने निर्वाचन सम्बन्धी काम पनि नरोक्न समेत आग्रह गरेका छन् ।

त्यस्तै पत्रमा यसअघि आयोगमा प्रचण्ड नेपाल समूहले पेश गरेको पत्रमा प्रम समेत रहेका ओली समूहको नेकपाले प्रचण्ड नेपाल समूहले अनुशासनको कारबाही गर्दै उनको ठाउँमा माधव नेपाललाई अध्यक्ष नियुक्त गरेको विवरण सहितको पत्रको औचित्य र वैधानिकता नभएको उल्लेख गरिएको बुझिएको छ ।

स्मरणीय प्रसंगत प्रचण्ड नेपाल समूहले आयोगमा पार्टी विभाजन भएको आशयको पत्राचार गरेपनि प्रम ओलीले भने नेकपा विभाजन नभएको जिकिर गर्नु र गत पुस ७ र ९ गते बालुवाटारमा बोलाइएको केन्द्रीय समितिको बैठकमा बहुमत सदस्यले हस्ताक्षर गरेको दाबी गर्नुले आयोग रणभुल्लमा परेको स्रोतले जनाएको छ ।

त्यस्तै आयोग सम्वद्ध स्रोतका अनुसार पुस ५ मा प्रतिनिधिसभा विघटन भएयता प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओली र अर्का अध्यक्ष प्रचण्ड नेपाल समूहले आयोगमा एकले अर्कालाई कारबाही गरेको भन्दै पत्राचार गरे पनि आज प्राप्त पत्रमा पार्टी विभाजन नभएको र प्रचण्ड दोस्रो वरियताको अध्यक्ष कायम रहेको उल्लेख गर्नु त्यस्तै एक पक्षले संसद विघटनको मुद्धा अदालतमा विचारधिन रहेका कारण निर्वाचनको कुनै कामकारवाही नगर्नु भनेर प्रचण्ड नेपाल समूह आयोगमा पुग्नु त्यसलगत्तै प्रधानमन्त्री समेत रहेको ओली नेतृत्वको नेकपाले निर्वाचनको कामकारवाहीलाइ तदारुकताका साथ अधि बढाउनु भन्दै पत्राचार गर्नुले एक पछि अर्को अन्यौलता सिर्जना भएको बताएका छन ।