बिहिबार, चैत्र १५, २०८०

संसद विघटन मुद्दा संवैधानिक इजलास कि बृहत् पूर्ण इजलासमा ? आज सुनुवाइ हुँदै

काठमाडौ पुस २९,

संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएका रिटउपर संवैधानिक इजलासमा सुनुवाइ गर्ने कि बृहत् पूर्ण इजलास सुनुवाइ गर्ने भने विवादका वीच संवैधानिक इजलासमा आज सुनुवाइ हुँदैछ ।  संसद विघटनविरुद्धको रिट निवेदक १३ मध्ये ११ जनाले बृहत् पूर्ण इजलासमा सो विवादको सुनुवाइ गर्न माग गर्दै पुस २२ गते पूरक निवेदन दिएसंगै विवादले थप पूर्णात पाएको र यसको निक्यौल आज हुने बुभिएको छ ।

यसअघि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीशहरू हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसीको संवैधानिक इजलासमा सुनुवाइ शुरु भएको थियो ।तर संवैधानिक इजलासमा रहनुभएका न्यायाधीश प्रधानमन्त्री कार्की केपी ओली नेतृत्वको अघिल्लो सरकारको कार्यकालमा महान्यायाधिवक्ता भएको आवाज सहित न्याय निरुपणको विषयमा इजलासमा प्रश्न उठेसंगै उहाँले इजलासमा नबस्ने घोषणा गर्नुभएको थियो ।

त्यस्तै गत पुस १० पुस गते सर्वोच्चको संवैधानिक इजलासले संसद विघटन गर्नुपर्ने कारणसहित लिखित जवाफ पेश गर्न सरकारका नाममा जारी आदेश अनुरुप पुस १९ मा राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र सभामुखले महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेश गरिसकेो अवस्था छ । दायर गरेको रिट निवेदनमा प्रधानमन्त्रीले गरेको सिफारिस र सो सिफारिसका आधारमा राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटनसम्बन्धी सम्पूर्ण काम कारवाही संविधानको धारा १३३ को उपधारा २ र ३ बमोजिम उत्प्रेषणका आदेशबाट बदर गर्दै संसद र्पुस्थापनाको माग गरिएको छ ।