शनिबार, बैशाख ८, २०८१

माघ १ गते सार्वजनिक बिदा

काठमाडौं पुस २८,

सरकराले माघ १ गते अर्थात माघे सङ्क्रान्ति तथा माघी पर्वको अवसरमा सार्वजनिक बिदा दिएको छ । गृहमन्त्रालयका प्रवक्ता तथा सहसचिव चक्रबहादुर बुढाद्दारा जारी विज्ञप्तिमा नेपाल सरकार मन्त्रिपरिषद्को पुस २६ को निर्णयअनुसार आगामी माघ १ गते मुलुकभर लागू हुने गरी सार्वजनिक बिदा दिइएको उल्लेख गरिएको छ ।

त्यस्तै विज्ञप्तिमा सरकारले उक्त दिन नेपाल राज्यभरका सबै सरकारी कार्यालय, सार्वजनिक निकाय, सङ्घसंस्था र विदेशस्थित नेपाली नियोगमा सार्वजनिक बिदा हुने समेत उल्लेख गरिएको छ ।